लिम्चुङबुङ गाउँपालिका तेश्रो गाउँसभा

हिजो  लिम्चुङबुङ गाउँपालिका स्थानीय सरकारले आ.ब.०७५/०७६ को बजेट २३ करोड ६१ लाख १२ हजार ४ सय गाउँसभामा प्रस्तुत गर्यो।

उक्त गाउसभामालाई सम्बोधन गर्दै गाउँपालिकाको अधक्ष्य श्री मेजर कुमार राई  बजेटले लिम्चुङबुङ गाउँपालिकाको जनताले चाहेको,खोजेको दिगो बिकासको ढोका खोलेको छ। तेस्रो गाउँसभा सभ्य र भव्यरूपमा सम्पन्न भएको छ।जनताको संमृद्बि संग जोडिएको बजेट ल्याउन सरकारलाई महत्वपूर्ण भूमिका खेलि सहयोग गर्नु हुने गाउँसभा सदस्य ज्यूहरू,राजनैतिक दलका नेतागण, समाजसेवी तथा भद्र भलाद्मी,पत्रकार मित्रहरू, घडिको सुई र क्यालेण्डर नहेरी लिम्चुङबुङको बिकासमा अहोरात्र खटेर योगदान गर्नु हुने राष्ट्रसेवक कर्मचारी साथीहरू सबैमा एकमुष्ट धन्यबाद ब्यक्त गर्दछु।
अन्तमा: देश तथा बिदेशमा रहनु हुने सबै आदरणीय लिम्चुङबुङबासी दाजुभाई तथा दिदिबहिनीहरूमा लिम्चुङबुङ गाउँपालिकाको बिकासको खातिर एकढिक्का भएर सरकारले अघि सारेको बिकासको योजनालाई मद्दत गर्न हार्दिक आव्हान गर्दछु। 
धन्यबाद 

आर्थिक वर्ष: