सूचना ! सूचना !! सूचना !!! अत्यन्त जरुरी सुचना

सुचना                                                      सुचना                                                          सुचना

                                                        अत्यन्त जरुरी सुचना

कतारबाट क्यु आर ६५२ नम्बरको जहाजबाट नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण देखिएको र सोही विमानमा उदयपुर जिल्लाका दुई युवाहरु मध्ये एक  लिम्चुङबुङ गाँउपालिका निवासी गत चैत्र ४ गते नेपाल आएको आधिकारीक  सुचना प्राप्त भएको छ । लिम्चुङबुङ गाँउपालिका आएको युवा विभिन्‍न सार्वजनिक ठाँउहरुमा भेटघाटमा समेत शामेल भएको  सम्बन्धित व्यक्तिबाट पुष्टिभएको छ र उक्त  युवा हाल आफ्नै घरमा सेल्फ क्‍वारेन्टाईनमा बसेको ब्यहोरा जानकारीको लागी सम्बन्धित सबैमा अनुरोध छ ।  यस गाउँपालिकामा विगत ४-५ दिनबाट भारत लगायत देशको विभिन्‍न भुभागहरुबाट समेत धेरै व्यक्तिहरुको  प्रवेश भईरहेको सन्दर्भमा ति सबै व्यक्तिहरुलाई सेल्फ क्‍वारेन्टाईनमा बस्‍न साथै नजिकको स्वास्थ्य चौकीमा खबर गर्न वा तल दिईएका नम्बरमा सम्पर्क गरि आफ्नो स्थितिको जानकारी गराउन अनुरोध गरिन्छ  साथै आजकै मितिबाट यस गाउँपालिका भित्र रहेका बैंक, होटल तथा पसलहरु सम्पुर्ण रुपमा बन्द गर्ने र आफ्नै घरमा सेल्फ क्‍वारेन्टाईनमा बसिदिनुहुन सर्वसाधारण सबैमा अनुरोध गरिन्छ । यस गम्भीर अवस्थालाई मध्येनजर गरी यस गाँउपालिकालाई  छिमेकी गाउँपालिका तथा जिल्लासँग जोड्ने सम्पुर्ण नाकाहरु बन्द गरिएको ब्यहोरा जानकारी गराईन्छ ।    

साथै उक्त व्यक्तिलाई संक्रमणको पुष्टि भईनसकेको हुँदा यस सम्बन्धमा अनावश्यक हल्ला, अनाधिकारीक सुचनाको आधारमा भ्रम नफैलाई संयमित र सचेत भई गाउँपालिकाको कार्यालय, सुरक्षाकर्मी, स्वास्थ्य कर्मचारीहरुलाई सहयोग र समन्वय गरिदिनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ। 

अनावश्यक भ्रम सृजना गरी , शान्ति र सुव्यवस्थामा खलल पर्ने गरी सार्वजनिक वा सामाजिक संजालमा गतिविधी गरिएको पाईएमा कानुन बमोजिम सजायको भागिदार हुने ब्यहोरा यसै साथ जानकारी गराईन्छ ।

                     सबैको सहयोग र समन्वयमा यस परिस्थिति माथी काबु पाउन सकिनेछ।

सम्पर्क नम्बरहरु

  1. प्रमुख प्रशासकीय अधिकृतः-  ९८६१९६५०९५, ९८५२८२९०२०
  2. ईलाका प्रहरी कार्यालय प्रमुखः- ९८५२०९०६२४
  3. स्वास्थ्य शाखा प्रमुखः- ९८४२८२८५९६
  4. स्वास्थ्य चौकी, बाराहा प्रमुखः- ९८४२९४५०४४
  5. स्वास्थ्य चौकी, बाँसबोटेः- ९८४२८२५९५२
  6. स्वास्थ्य चौकी, ताम्लिछा प्रमुखः- ९८१९९४३२४२
  7. स्वास्थ्य चौकी, बलम्ता प्रमुखः- ९८५११७४४५३
  8. स्वास्थ्य चौकी, जाँतेः- ९८४९२४५९७३

आर्थिक वर्ष: